भारतमा एक नेपाली युवकको हत्या

न्युजलय ७ चैत २०७८, सोमबार ०१:५३ मा प्रकाशित

काठमाडौं । भारतमा बैतडीका एक युवकको हत्या भएको छ ।

 

बैतडीका राजेन्द्र लुहारको भारतको पिथौरागढस्थित जाजरदेवलमा उनकै साथीहरुले हत्या गरेको खुलेको बैतडी प्रहरीले जनाएको छ ।

  

‘शनिबार लुहारसहित उनका साथीहरु जाजरदेवलको एक डाँडामा होली खेल्न गएका र त्यहीँ विवाद हुँदा लुहारको हत्या गरिएको प्रहरीको भनाइ छ । 


लुहारसँगै उनका साथी ललित सिंह र अर्जुन सिंह होली खेल्न गएको र विवादका क्रममा लुहारको हत्या भएको बैतडी प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।