उदयपुर । उदयपुरमा सवारी दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ ।
ओखलढुंगा सुनकोसी गाउँपालिका–४ का ५४ वर्षीय खेमबहादुर कार्कीको वीर अस्पताल काठमाडौंमा उपचारका क्रममा सोमबार (आज) बिहान मृत्यु भएको हो ।
चालकसहित १३ घाइते भएका छन् । आइतबार दिउँसो ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको प्रदेश १–०७–००१ज ००११ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल झरी दुर्घटना भएको थियो ।
दुर्घटनामा चालकसहित गाडीमा सवार १४ जना घाइते भएका थिए । ।
घाइते ओखलढुंगा मोलुङ–२ का २४ वर्षीय एकराज दाहाल र ३० वर्षीया पार्वता पोखरेलको विराटनगर नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।