दोलखा केन्द्रबिन्दु भएर भूकम्प

न्युजलय ८ फाल्गुण २०८०, मङ्गलबार १२:२८ मा प्रकाशित

काठमाडौँ । दोलखा केन्द्रबिन्दु भएर मंगलबार(आज) बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।