अख्तियारमा लुकाएका फाइल टक्टक्याउन राजनीतिमा आएको हुँ : लामिछाने

न्युजलय ७ साउन २०७९, शनिवार ०९:५८ मा प्रकाशित

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आउँदो चुनावले नेपाली जनताको भाग्य खोल्ने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिष हेराएर तोक्ने चुनावको मितिले जनताको भाग्य खोल्ने दाबी गरेका छन् ।

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउन आफू राजनीतिमा आएको बताएका छन् । उनले मंसिरको चुनाव अधैर्यसाथ पर्खिएको बताए ।

लामिछानेले भने, ‘तिम्रा ज्योतिष देखाएर मिति तोक । ज्योतिष तिम्रो हुनेछ, भाग्य हाम्रो खुल्नेछ । ज्योतिषले मिति तोक्नेछन्, जनताले भाग्यको फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतीक्षामा छु । तिम्रा ज्योतिषले चुनावको मिति तोक्नेछन्, भाग्य हाम्रो चम्किनेछ ।’