धान रोप्न गएका १४ जना चट्याङ लागेर घाइते

न्युजलय २३ असार २०७९, बिहिबार ०१:४८ मा प्रकाशित

चितवन । धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।  

चितवनको कालिका नगरपालिकामामा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ ।