इटहरी । धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा यात्रुवाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस आइतवार दिउँसो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा महोत्तरीको गैडादेवपुर–८ बस्ने रोहित कुमार मण्डलका १८ महिने छोरा रिसब कुमार मण्डल , सोही स्थानका ३१ वर्षीय धैरिया कुमार यादव, सुनसरी बराहक्षेत्र नगरपालिका–३ का २० वर्षीय ओमेश राई, झापाको मेचीनगर नगरपालिका निवासी १९ वर्षीय नयन थापा मगर र धरान–१३ की २४ वर्षीया सुवेक्षा सुब्बा रहेका छन्।
प्रारम्भिक अनुसन्धानमा बस पश्चिमतर्फ रहेको न्यू सबा मेडिकल हलमा ठोक्किएको जनाइएको छ ।
जनकपुरबाट सुनसरी यातायात कार्यालयमा गाडी नामसारीका लागि आएको उक्त बस भेडेटार घुम्न जाने क्रममा डिजेल सकिएपछि फर्काउने प्रयास गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीको भनाइ छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।