थप २१ जनामा कोरोना पुष्टि

न्युजलय २८ बैशाख २०७९, बुधबार ११:१० मा प्रकाशित

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ७८८ नमूनाको परीक्षण हुँदा बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

गत २४ घण्टामा ३ हजार ७० जनाको पीसीआर र ७१८ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। 

पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट ३ जनामा संक्रमण पुष्टि मन्त्रालयले जानकारी दिएको छ। 

गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १८९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।