नेप्से १८ अंकले झर्‍यो

न्युजलय ५ पुस २०७८, सोमबार ०९:३३ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) सेयर बजारको परिसूचक नेप्से झण्डै १८ अंकले झरेको छ । 

१७. ९३ अंकले घटेसँगै परिसूचक २३५८ अंकमा कायम भएको छ । दिनभर जम्मा २ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । माइक्रोफाइनान्स र उत्पादन उपसमूह मात्रै बढेका छन् ।

माइक्रोफाइनान्स ६ तथा उत्पादन उपसमूह १९४ अंकले बढे । बैंकिङ ७, ब्यापार २, होटल तथा पर्यटन ४५, विकास बैंक ९२, जलविद्युत ५२, फाइनान्स १७, निर्जीवन बीमा १७०, अन्य ३८, र जीवन बीमा उपसमूह १०६ अंकले घटे ।