धौलागिरी आरोहणका क्रममा ग्रिकका आरोहीको मृत्यु

न्युजलय ३० चैत २०७८, बुधबार ०१:२१ मा प्रकाशित

काठमाडौँ । ग्रिकका हिमाल आरोही एन्टोनिस सिकारिसको धौलागिरी आरोहणको क्रममा मृत्यु भएको छ। 


८ हजार १६७ मिटरको धौलागिरी हिमाल आरोहणको क्रममा मृत्यु भएको छ। 


सेभेन समिट ट्रेकका अनुसार मंगलबार बिहानै ७ हजार ४०० मिटरको उचाइमा लडेका थिए।


उनी धौलागिरी हिमालको सफल आरोहणपछि फर्कने क्रममा लडेर मृत्यु भएका हुन्। सिकारिस ग्रिकका एक्ला ८ हजार मिटर माथिका ५ वटा हिमाल अरोहण गरेका छन्।


सगरमाथा, अन्नपूर्ण, कञ्चनजंगा, मनास्लु र लोत्से हिमाल अरोहण गरेका छन्।