नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अध्यक्ष ओलीले दिए श्रद्धाञ्जली

न्युजलय २६ भदौ २०८०, मङ्गलबार ०७:२७ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

मंगलबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीले पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।  

साथै सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले पनि नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका श्रद्धाञ्जली दिएका छन् । 

साथै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

विभिन्न राजनीतिक दलका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु पनि श्रद्धाञ्जलीका लागि त्यहाँ पुगेका छन् । नेम्वाङको हृदयघातका कारण गएराति निधन भएको हो ।