काठमाडौँ । बिहिबार सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक घटेको छ ।
सो अंकको कमीपछि नेप्से १९३३ अंकमा झरेको छ । दिनभर कुल १ अर्ब १४ करोडको कारोबार भयो । ९२ कम्पनीको मूल्य बढ्दा ११९ को घट्यो भने ३ को स्थिर रहृयो ।
बैंकिङ ४.९, विकास बैंक १४, फाइनान्स ५, होटल तथा पर्यटन ३५, जीवन बीमा ३४, उत्पादन ६, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा २१ अंक घटे । अन्य १, जलविद्युत् ०.२५ तथा ब्यापार २९ अंक बढ्यो । दुई कम्पनी युनिक नेपाल लघुवित्त र शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो ।
लिबर्टी इनर्जी र किसान लघुवित्तको मूल्य ४.९ प्रतिशत बढ्यो ।