बराहक्षेत्र । बराहक्षेत्र वडा नं २ स्थित श्री आदर्स माविको ६६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
आज (बिहिबार) मावीको प्रङगणमा आयोजीत कार्यक्रममा समाज सेवि तथा शिक्षा प्रेमी रतन प्रसाद राई तथा दिव्य राज कोइरालालाई सम्मान गरिएको छ।
सोही अवसरमा विद्यालयबाट अवकाश शिक्षकहरु प्रल्हाद बुडाथोकी, दुर्गा पोखरेल र कार्यालय सहयोगीहरु पशुपती पोखरेल, हर्क बहादुर कार्कीलाई
सम्मान तथा मायाको चिनो दिएर बिधाइ समेत गरीएको थियो।
कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षकहरु दिप नारायण धामी र दिवस निरौलालाई समेत पुरस्कृत गरिएको थियो भने शिक्षकदय महोमद जादेव अन्सारी, जितेन्द्र सहानि, गिरीजा प्रसाद यादवलाई बिधाइ गरीएको थियो । वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद प्रतियोगितामा विजयी हुने विधार्थीहरुलाई पुरस्कार प्रदान पनि गरिएको थियो।
उदय ठटालले संचालन गरेको कार्यक्रममा प्रधानअध्यापक प्रल्हाद भट्टराईले स्वगत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाकी उपमियर कमला मगर, विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराई, वडा सदस्यहरू धन कुमारी गहतराज, सुमित्रा घिमिरे लगायत अतिथिहरु गणेश विरही सुब्बा, नर सिह लाल अग्रवाल, मागि लाल अग्रवाल, नारायण नेपाल, अमर कटुवाल, जितेन राई, डम्बर सिग्देल, बद्री राउत, गोकुल गुरागाईं, मनोज पौडेल, खडक कटुवाल लगायतको उपस्थिति रहेको थियो।