इटहरी । जनता समाजवादी पार्टी इटहरी उपमहानगर समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार इटहरी स्थित पार्टीको प्रदेश कार्यलयमा आयोजित उक्त कार्यक्रम केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
सोही अवसरमा समाजवादी महिला संघ सुनसरी सचीव तथा जसपा सुनसरी सदस्य प्रतिमा माखिमले स्थानीय निर्वाचनमा चुनावी प्रचार–प्रसारका लागि पार्टीको झण्डा सहयोग प्रदान गरिन् । उनले जसपा इटहरी उपमहानगर समितिलाई २ सय थान र जिल्ला समितिलाई १ सय थान गरि ३ सय थान पार्टीको झण्डा जसपा इटहरी अध्यक्ष डिल्ली सुब्बालाई हस्तान्तरण गरेकी हुन् ।
भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले चुनावी अभियान र रणनीतिबारे प्रशिक्षित गराएका थिए ।
कार्यक्रममा जसपा नेता उमेश थापाले आर्थिक कार्यभार प्रस्तुत गरेका थिए भने नेता भिम राईले जसपालाई किन छातामा भोट भन्ने विषय प्रस्तुत गरेका थिए ।
जसपा इटहरी अध्यक्ष डिल्ली सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा पार्टीको केन्द्र, प्रदेश र जिल्ला तथा नगरका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन इकाइ कमिटी जनता क्याम्पस र राष्ट्रिय माविबाट पनि विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।