प्रदेश १ मा आज ४५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार १२:३६ मा प्रकाशित

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४० र ५० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १६, मोरङमा १३, सुनसरीमा ४, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो।

 

प्रदेश १ मा आज १६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र १० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।