इटहरीमा मेयरको टिकट नपाएपछि रामप्रसाद चौलागाईले फेसबुकमार्फत पोखे आक्रोस

न्युजलय ११ बैशाख २०७९, आइतबार ०२:३६ मा प्रकाशित

इटहरी । इटहरीमा मेयरको टिकट नपाएपछि रामप्रसाद चौलागाईले फेसबुकमार्फत आक्रोस पोखेका छन् । ५ बर्षअघिको स्थानीय तह निर्वाचन हुनु अघि मेयर पदका लागि केन्द्रमा नाम सिफारिस भई काटिएका इटहरीका सक्षम तथा प्रभावशाली नेता रामप्रसाद चौलागाईलाई आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि एमालेले पाखा लगाएपछि समाजिक संजालमार्फत चरम असन्तुष्टि व्यक्त गर्दै आफु बाँहुन भएकै कारण निकट पाउनबाट बञ्चित भएको दावी गरेका छन् ।


फेसबुक स्टाटस लेख्दै इटहरी खानेपानी संस्थाका अध्यक्षको नेतृत्व गरिरहेका चौलागाईले पार्टीलाई प्रश्न गरेका छन्, ‘म बाँहुन कुलमा जन्मनु के मेरो अपराध हो, वा मेरा माता पितालाई के दण्ड दिऔं ?’

 

उनले फेसबुकमै थप लेखेका छन्, ‘इटहरीमा बाँहुन त्यो पनि रामप्रसाद चौलागाई कहिल्यै मेयर हुनु हुँदैन् । इटहरीमा आप्रवासी जनजातीको जय होस् अब सदैब इटहरीमा म समेत क्षत्री बाँहुन एमालेहरु मुर्धावाद । उनले इटहरी पार्टीमा क्षेत्री बाँहुन ‘चुच्चे नाक’ के अन्यायी र शोसक वर्गमा पर्छ ?’ भन्दै स्टाटस लेखेका छन् ।


उनले अर्को स्टाटसमा भनेका छन्, ‘इटहरीमा क्षेत्री–बाँहुन मूर्धावाद, मूर्धावाद भन्दै नस्लवादी हो ?’ भन्ने गम्भिर प्रश्न नेतृत्वलाई गरेका छन् । उनको फेसबुक स्टाटसले नेकपा एमाले इटहरीमा तंरगले उत्पन्न गरेको छ । उनले यसअघि पनि नाक तथा जातकै कारण आफु टिकट पाउनबाट बञ्चित भएको र यसपालि पनि सोही कारणको शिकार भएको संकेत गरेका छन् ।