विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्री राईसहित पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई साउन १७ गते संक्रमण देखिएपछि होम आइसोलेसनमा थिए ।
पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै मुख्यमन्त्री राई आजदेखि नियमित काममा फर्किएका हुन् ।