मेष । व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। बोलीमा नियन्त्रण राख्नुहोस् सोचेका कार्य पूरा हुनेछन्। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष । मानसम्मान वृद्धि हुनेछ। साहसिक कदम उठाउने समय रहेको छ। इष्टमित्रहरूको आगमनले मन प्रसन्न रहनेछ। शुभकार्यको चर्चा परिचर्चा हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
मिथुन । सवारी साधन चलाउँदा सावधान रहनुहोला। घरेलु वा व्यापारिक मामलाहरू आपसी सम्वादले सुल्झिनेछन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट । प्रतिष्ठित कार्य गरेर धेरैको मन लोभ्याउन सकिनेछ। घरमा मांगलिक कार्यको चर्चा हुनेछ। चुनौतीहरुलाई पन्छाउँदै नयाँ कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह । परिस्थिति अनुकूल रहनाले लगनशीलताले लक्ष्यमा पुग्न सकिनेछ। आफन्तहरूको साथ र सहयोगले उत्साह जाग्नेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
कन्या । परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। भाग्यको साथले अप्ठ्यारा कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला । आत्मबल कमजोर रहनेछ। सोचेको कार्य सम्पादन गर्नमा समय बित्नेछ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक । साझेदारी व्यापारमा लाभ रहनेछ। जीवनसाथीसँग वैचारिक मतभेद सुल्झिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नयाँ उपहार वा मिठो खानपानले दिन आनन्दमय रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
धनु । व्यस्त भएतापनि एकै पल्टमा धेरै ठाउँ काम गर्नमा सफल भइनेछ। शत्रुहरू पराजित हुनेछन्। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर । सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। योजनातर्फ अग्रसर भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ । काम बिग्रिनको डरले मनमा अज्ञात चिन्ता रहनेछ। माताको स्वास्थ्यलाई लिएर सजग रहनुहोला। विपरीत परिस्थितिमा पनि धैर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन । माननीय जनहरूको सहयोगले रोकिएका कार्य पुनःप्रारम्भ हुनेछन्। भविष्यलाई लिएर लाभकारी योजना बनाउन सक्नुहुनेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
स्रोत हाम्रोपात्रो