जनता माविका विद्यार्थीलाई माइण्ड टेक्नोलोजी तालिम

न्युजलय ४ असोज २०८१, शुक्रबार १२:३० मा प्रकाशित

इटहरी । इटहरीस्थित जनता माविले आफ्ना विद्यार्थीहरुका लागी माइन्ड टेक्नोलोजी ट्रेनिङ आयोजना गरेको छ । 


विद्यालयमा अध्यनरत कक्षा ९ र १० का विद्यार्थीहरुको क्षमता विकासको लागी तालिम आयोजना गरेको हो । कसरी सरल तरिकाले पढेर स्मरण गर्ने भन्ने विषयमा तालीम दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले जानकारी दिए । 


६ सय वढी विद्यार्थीहरुलाई तालिम प्रदान गरीएको जानकारी दिँदै उनले प्रशिक्षण बालबालिकाका लागि मात्र नभई शिक्षक र अभिभावकलाई पनि लाभदायक भएको बताए । तालिमको सहजीकरण अलसअस गिरीले गरेका थिए । तालिमबाट आफूहरुले धेरै नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया विद्यार्थीहरुले दिएका छन् । 


प्रशिक्षणअन्तर्गत पढेका कुरालाई स्मरण शक्तिमा राख्न फोटो बनाउनुपर्ने, घोक्ने भन्दा पनि बुझेर सरल तरिकाबाट पढ्ने र सम्झन सकिने कुरा सिकाइएको थियो । यस्तो तालिम क्रमशः सबै विद्यार्थीलाई दिइने विद्यालयले जनाएको छ ।


जनता मावि इटहरीले प्रभावकारी सिकाइका लागि शिक्षक तथा विद्यार्थीहरुका लागि बेला बेलामा तालिम आयोजना गर्ने गरेको छ ।