काठमाडौँ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । भदौ १० गतेदेखि २४ गतेसम्म उक्त अभियान सुरु गर्न लागेको हो ।
कांग्रेसले उक्त अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने जनाएको छ । केन्द्रीय प्रतिनिधिहरु जिल्ला–जिल्लामा पुगेर अभियान थाल्नेछन् ।
कांग्रेसकाअनुसार चुनावी अभियान तीन चरणमा सञ्चालन गरिने छ ।