ताप्लेजुङ । पाथीभरा दर्शनका क्रममा सुनसरीका एक जनाको मृत्यु भएको छ ।
इटहरी नगरपालिका–९ का ६० वर्षीय खिनबहादुर ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका थिए ।
प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मीका अनुसार ढुंगानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो ।
अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरेको र उनको शव शव गृहमा राखिएको बताइएको छ ।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा लेक लागेको हुनसक्ने चिकित्सको अनुमान छ । ढुंगाना परिवारसहित पाथीभरा दर्शनमा आएका थिए ।
आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएका थिए ।