थपिए १ सय ५५ जना कोरोना संक्रमित

न्युजलय १४ फाल्गुण २०७८, शनिवार १०:०३ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ५ हजार १५२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

पछिल्लो २४ घन्टामा ५४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ८ हजार ८३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।