प्रतिनिधि सभाको बैठक फेरि सर्यो

न्युजलय २६ माघ २०७८, बुधबार ०२:२९ मा प्रकाशित

काठमाडौं । भोलि (माघ २६ गते) बस्ने तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि सरेको छ। प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको हो।

 

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतले सरकारको आग्रहमा भोलि बस्ने तय भएको प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको जानकारी दियो। 

 

संघीय संसद् सचिवालयले भोलि बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको थियो। सम्भावित कार्यसूचीमा अमेरिकी आर्थिक सहायता (एमसीसी) सम्झौता अटेको थिएन। 

 

सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया (प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने प्रक्रिया) अगाडि बढाउन खोजेको चर्चा चलेको बेला बैठक फेरि स्थगित भएको हो। 

  

यसअघि पनि प्रतिनिधि सभा बैठक १० दिन सारेर २६ गतेका लागि तय भएको थियो।