काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
रेणु सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै दुर्घटनामा परेको हो। दुर्घटनापछि उनलाई उपचारका लागि ललितपुरको सुमेरु सिटी अस्पताल लगिएको छ।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार उनको टाउकोमा पाँचवटा टाँका लगाइएको छ।