३२ जना कोरोना संक्रमित थपिए

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ०९:४१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ जना कोरोना संक्रमित थपिएका छन् । 

तीन हजार ९४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय १७ पुगेको छ ।