इटहरीका सामुदायिक विद्यालयलाई खानेपानीमा ५० प्रतिशत छुट

न्युजलय ८ चैत २०७८, मङ्गलबार ०२:३८ मा प्रकाशित

इटहरी । इटहरी खानेपानी संस्थाले सेवा क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयहरुलाई मासीक शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । 


सामुदायिक विद्यालयहरु र इटहरी उपमहानगरपालिकाको आग्रहमा यसरी छुट दिने निर्णय गरिएको खानेपानी इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईले जानकारी दिए । यसअघि विद्यालयहरुलाई २५ प्रतिशत छुट दिइँदै आएकोमा २५ प्रतिशत थप गरेर ५० प्रतिशत बनाइएको उनले बताए । 


शिक्षा र समुदायप्रतिको दायित्व निर्वाह गर्ने क्रममा संस्थागत निर्णय गरेर छुट दिइएको उनले जानकारी दिए ।