इटहरी । इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पि होमले पहिलो ब्याचका बालबालिकाहरुको ग्राजुएसन गरेको छ । अक्सर कलेज लेभलका विद्यार्थीको मात्र ग्राजुएसन हुने गरेकोमा यो स्कुलले भने आफ्नो स्कुलमा कक्षा ५ सम्म पढेका विद्यार्थीहरुको ग्राजुएसन गरेको हो ।
विद्यालयकी शिक्षिका अन्जना गौतमले सन्चालन गरेको कार्यक्रममा होम्सकी प्रिन्सिपल रिता भुषालले आफुले ९ बर्ष सम्म पढाएका बालबालिकाहरुलाई कालो टोपी सहित ग्राजुएसनको सर्टिफिकेट दिएर बिदा गरेकी थिइन् । कार्यक्रममा साना नानीहरुको प्रस्तुतीले अविभावकहरु दंग परेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शिक्षाको विकासमा नीजि क्षेत्रको सहभागिताको प्रसंसा गरेका थिए । यस्तै सुनसरी प्याब्सन उपाध्यक्ष नेलसन ढकालले पनि बालबालिकाको सृजनात्मक क्षमता विकासमा विद्यालयहरुले भूमिका खेल्नुपर्ने बताए ।
होम्सका सन्चालक सुनिल भुषालले बालबालिकाहरुलाई सृजनात्मक, सभ्य, सुसंस्कृत र शिक्षित बनाउनका लागि स्कुल खोलिएको बताउँदै विद्यार्थीको मेहेनत र अविभावकहरुको प्रेरणाका कारण स्कुलले सफलता पाइरहेको बताए ।
इटहरीको तरहरा क्षेत्रमा पहिलो पटक मन्टेश्वरी शिक्षाको रुपमा आफूहरुले किड्स ह्याप्पी होमको सुरुवात गरेको अध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए । उनले स्कुललाई अझै गुणस्तरिय र प्रविधियुत्तm बनाउँदै लगिने बताए । होम्समा अहिले झण्डै २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रममा शिक्षासेवी लेखनाथ घिमिरे, पत्रकार अमर खड्का लगायतलेसमेत बोलेका थिए ।