देशभर आज थप ३८२ जनामा कोरोना पुष्टि

न्युजलय १८ पुस २०७८, आइतबार ०१:१९ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ७ जनाको पीसीआर परीक्षणमा ३४२ र १५ हजार ९५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४० जनामा कोरोना पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।