गोकुल बास्कोटाः हिटलर र बाबुराम दाजुभाइ

न्युजलय ८ माघ २०७८, शनिवार ०८:०८ मा प्रकाशित

काठमाडौं । एमाले नेता गोकुल  बास्कोटाले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई हिटलरसँग तुलना गरेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएकी रेणु यादवको राजीनामा रोक्न सार्वजनिक धम्की दिएको भन्दै बास्कोटाले सामाजिक फासीवादी भट्टराई र फासीवादी हिटलर दाजुभाइ भएको बताएका हुन् । 

ट्वीट गर्दै बास्कोटाले भनेका छन् हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने, चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिटलको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।

फेरि अर्को ट्वीटमा बास्कोटाले भनेका छन् सामाजिक फासीवादी भट्टराई र फासीवादी हिटलर दाजुभाई हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवश्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लँदैन।