खाँदबारीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

न्युजलय २ जेठ २०७९, सोमबार ०८:२६ मा प्रकाशित

खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले दिएको जानकारीअनुसार प्रमुखमा कांग्रेसबाट महेश थपलिया र उपप्रमुखमा एमालेबाट महेश्वरा बज्राचार्य विजयी भएका हुन् । 

प्रमुखमा विजयी भएका थपलियाले सात हजार ६३४ मत ल्याए भने पराजित जितबहादुर घिमिरेले ५ हजार ५८९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा विजयी एमालेकी बज्राचार्यले ६ हजार ३८५ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दिव्य बरालले ५ हजार १४७ प्राप्त गरे ।