किरात राई चाम्लिङ खाम्बातिम इटहरी नगर समिती गठन

अर्जुन राई अपहेलित ५ फाल्गुण २०७८, बिहिबार ०२:४५ मा प्रकाशित

इटहरी । किरात राई चाम्लिङ खाम्बातिम इटहरी उपमहानगर कार्य समिती गठन गरिएको छ । 


बुधबार किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रिय उपाध्यक्ष  गंगा बहादुर राईको प्रमुख आतिथ्यतामा उक्त समिती गठन गरिएको हो । 


सुनसरीको इटहरी २० स्थित किरात राई यायोख्खा तरहराको भवनमा सम्पन्न भेलाले कृष्ण बहादुर राईको अध्यक्षता १५ सदस्यीय समिति गठन गरेको हो । 


किरात राई यायोख्खा इटहरी वडा नम्बर ५/७ का  अध्यक्ष सागर चाम्लिङ राई नवगठित खाम्बातिम समितिको उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

त्यस्तै सचिवमा सन्तोष राई र कोषाध्यक्षमा चन्द्रकला राई चयन भएका हुन् । 


कार्यक्रममा बोल्दै समितिका नवनिर्वाचित उपाध्यक्ष सागर राईले  आफ्नो भाषा संस्कार सस्कृती र भेषभुषा  जगेर्ना गर्नु सबै चाम्लिङ राईहरु पाछा गत एक हुनु पर्ने उल्लेख गर्दै भुगोलको आधारमा सबैलाई जोडेरलाने आगामी  संस्थागत विकाशको निमित्त हर्दम लागि पर्ने कुरामा जोड दिए । 


इटहरी १७ बाट जननिर्वाचित  वडा सदस्य समेत रहेका किराया इटहरी २० का अध्यक्ष  इन्दिरा राईले  सल्लाहकारको रुपमा रहेर सबै गतिविधिमा साथ दिने उद्घोष  गर्दै  नवनिर्वाचित समितिलाई शुभकामना प्रदान गरिन् ।


कार्यक्रमका बिच ११ सदस्यीय सल्लाहकार समिति  समेत चयन गरिएको नवनिर्वाचित समितिका उपाध्यक्ष सागर चाम्लिङले जानकारी दिए ।