विराटनगर । मोरङमा खोलामा डुबेर एक जना नाबालकको मृत्यु भएको छ ।
जहदा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर दिलीप यादवका ३ वर्षीय छोरा रीतिकुमार साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रीतिकुमार घरदेखि लगभग ७ मिटर टाढा रहेको खोला छेउमा दाजु र साथीहरुसँग खेल्न गएको खुलेको छ ।
खेल्ने क्रममा शुक्रबार साँझतिर खोलामा डुबेर नाबालकको मृत्यु भएको बताइएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।