माधव नेपालः ‘चुनावमा ५ दल मिलेर गए एमाले धूलोपिठो हुन्छ’

न्युजलय २८ फाल्गुण २०७८, शनिवार ०९:१८ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा ५ दल मिलेर जाँदा प्रतिपक्षी दल नेकपा एमाले धूलोपिठो हुने दाबी गरेका छन्। 

धादिङको गल्छीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाँदा सबै ठाउँमा जित्ने पनि दाबी गरे। 

गठबन्धनमा रहेका सबै दलहरु चुनावमा मिलेर जाने विषयमा सकारात्मक रहेको र सबै दलले मिलर जाउँ भनिरहेको नेपालले बताए ।

‘हामी मिलेर गयौं भने सबै ठाउँ जित्नेछौं, केपी ओलीको पार्टी धूलोपिठो हुनेछ। त्यो पार्टीको भविष्य खत्तम छ’, नेपालले भने ।