नोबेल मेडिकल र विद्यार्थीबीच सहमति चारमहिना पछि पढाईमा फर्कदै विद्यार्थी

न्युजलय ३ चैत २०७८, बिहिबार ०९:३८ मा प्रकाशित

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थी कलेज प्रशासनसँग सहमति गरेसँगै अध्ययनमा फर्किएका छन् । 

आन्दोलनमा रहेका विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरुलाई छुट्टै कक्षा सञ्चालन गर्ने विषयमा बुधबार छलफल भएपछि उनीहरु पढ्न तयार भएका हुन् ।

कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको भन्दै विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएपनि बाँकी १० जना भने आफूहरुलाई सुरक्षा खतरा रहेको भन्दै नोबेलबाट स्थानान्तरण माग गर्दै आन्दोलनमा उत्तिएका थिए ।