सुपर मादी हाइड्रोपावरले आइपीओ ल्याउने

न्युजलय ३० कार्तिक २०७८, मङ्गलबार ०४:४५ मा प्रकाशित

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले ३१ लाख ५० हजार कित्ता आइपीओ ल्याउने भएको छ । आइपीओ जारी गर्न कम्पनीले प्रभु क्यापिटललाई सेयर प्रत्याभूतिकर्ता (अन्डराइटर) मा नियुक्त गरेको छ । 

यस कम्पनीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८० प्रतिशत भौतिक कार्य सम्पन्न भइसकेको छ । 

कम्पनीले सेयर निष्काशन अनुमतिका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरिसकेको छ । आयोगबाट स्वीकृति पाए पश्चात नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशन अनुमतिका लागि निवेदन पेश गरिने कम्पनीका कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगानाले जानकारी दिए ।