जनकपुरधाम । प्रहरीमा जागिर लगाई दिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा सर्लाहीबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा बलरा नगरपालिका –७ का एमडि राजा भनिने ईजराईल मंसुरी रहेका छन् ।
उनले एक व्यक्तिलाई प्रहरी विभागमा नोकरी लगाई दिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको गरेको प्रहरीले जनाएको छ।
सर्लाहीका प्रहरीले मंसुरीलाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।