यस्ता छन् मनतातो पानीमा मरिच हालेर पिउनुका फाइदा

न्युजलय १० फाल्गुण २०७८, मङ्गलबार ०२:०३ मा प्रकाशित

पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै जरूरी कुरा हो किनकि यसले शरीरको विकासमा धेरै मद्दत गर्छ । अनि मरिचले पनि स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।

 

रक्ताल्पता

मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ ।

 

कब्जियत

मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् ।


छाला

यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ ।

 

रक्तचाप

मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ ।


जोर्नी

यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ ।


मोटोपना

मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ ।


मांसपेशी

यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ । जिम जानेहरूले यसको सेवन गर्दा धेरै लाभ प्राप्त हुन्छ ।