धरानमा एक जना कोरोना संक्रमितको मृत्यु

न्युजलय ५ माघ २०७८, बुधबार ०२:३१ मा प्रकाशित

काठमाडौं । धरानमा एक जना कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका १८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।


उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

 

मृतकमा कलेजो र मिर्गौलासम्बन्धी समस्या थियो ।