प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

न्युजलय २२ माघ २०७८, शनिवार ०१:१२ मा प्रकाशित

दाङ । प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।


नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।


जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्‍याइएको छ। बेहुलाको घर नजिकै पुगेको बेला जिप दुर्घटनामा परेको थियो। जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो। रातीको समय भएकाले विस्तृत विवरण आइनसकेको थापाले जानकारी दिए।