देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

न्युजलय २१ साउन २०७९, शनिवार १२:५६ मा प्रकाशित

काठमाडौं । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।


पहाडी भू-भागका थोरै र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकोले वर्षाको प्रभाव कायम रहनेछ ।