सप्तरी । सप्तरीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित नहरको झाडीमा राखिएको ७८ किलो गाँजा सशस्त्र प्रहरीले शनिबार बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गण हेडक्वार्टर सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको नेतृत्वमा खटिएको गस्ती टोलीले प्लास्टिकको प्याकेट मा एक–एक किलो गाँजा प्याक गरेर प्लास्टिकले बेरेर बोरामा राखिएको अवस्थामा भेटिएको बताइएको छ ।