माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गर्ने

न्युजलय ६ फाल्गुण २०७९, शनिवार ०१:०५ मा प्रकाशित

काठमाडौं । माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीले प्राथमिक निष्काशन (आईपीओ)को अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले २०७९ फागुन ३ गते २५ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणको लागि २५ करोड रुपैयाँबराबरको २५ कित्ता सेयर निष्काशन गर्नेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।