अज्ञात रोगबाट उदयपुरमा एकै गोठका १८ माउबाख्रा मरे

न्युजलय १८ पुस २०८०, बुधबार ०६:५४ मा प्रकाशित

उदयपुर । अज्ञात रोगका कारण गाईघाटमा एकै गोठका १८ माउबाख्रा मरेका छन् ।

त्रियुगा नगरपालिका–१० बोक्सेस्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका सञ्चालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन् ।

अज्ञात रोगका कारण कृषक खड्काको गोठ नै रित्तिनेगरी १८ माउबाख्रा एकैपटक मरेको बताइएको छ ।मंगलबार बिहान एकैपटक ९ वटा बाख्रा मरेको खबर पाएपछि वडा अध्यक्षले पशु प्राविधिकलाई खबर गरेका थिए ।

मंगलबार उपचार हुँदाहुँदै मंगलबार साँझसम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाइ छ । सोमबार राती आफूले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताए ।