यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १४ भदौ २०७९, मङ्गलबार ०२:०१ मा प्रकाशित

काठमाडौं । आज मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ।


मौसम विभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


रातमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने विभागले जनाएको छ।