गण्डकी प्रदेशमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

न्युजलय ३० कार्तिक २०८१, शुक्रबार ०७:०७ मा प्रकाशित

गण्डकी । गत पुस –माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार   डेङ्गी सङ्क्रमणका कारण आठ जनाले ज्यान गुमाएका छन् ।

यस अवधिमा कास्कीमा सबैभन्दा बढी आठ हजार नौ सय ७९ जना र सबैभन्दा कम मनाङमा मात्र छ जनामा डेङ्गी सङ्क्रम पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रदेश राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्रै आठ हजार आठ सय ५८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् ।