झापास्थित मगमग चाउचाउ उद्योगमा आगलागी

न्युजलय २९ माघ २०७८, शनिवार ०१:५२ मा प्रकाशित

झापा । झापामा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । मेचीनगर–१४ दुहागढीस्थित मनसा फुडको उद्योगमा आगलागी भएको हो । बिहान ५ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । निभाउने प्रयास जारी छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । 

झापाका अधिकांश पालिका तथा मोरङका कानेपोखरी, उर्लाबारी, बेलबारीका दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।