सोलुखुम्बु । सोलुखुम्बुमा सकेट बम भेटिएको छ । स्थानीय सोलुदूधकुण्ड नगरपालिका २ बेनीको फेरा भन्ने ठाउँमा मङ्गलवार दिउँसो बम फेला परेको हो ।
बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइइएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीका अनुसार निकै पुरानो जस्तो देखिने त्यो बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ ।