विराटनगर । विद्यार्थी संगठनहरुले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका प्रमुखसहित चार जना विभागीय प्रमुखहरुलाई कार्यकक्षमा थुनेका छन् । इन्टर्नसीप रिपोर्टको शुल्क बढाएर लिएको भन्दै प्रमुख बाबुराम तिमल्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएको हो ।
व्यवस्थापन संकायअन्तर्गत स्नातक तहका विद्यार्थीहरुले एक हजार रुपैया बुझाउँदै आएकोमा क्याम्पसले तीन हजार रुपैयाँ लिन थालेको थियो । प्रशासनले एकलौटी रुपमा शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरु विरोधमा उत्रिएका हुन् ।
‘विद्यार्थीहरूलाई जानकारी बिना शुल्क वृद्धि गरेपछि निर्णय सच्याउन भनेका थियौं,’ स्ववियु सभापति जसवन्त पौडेलले भने, शुल्क नघटाएपछि हामी विरोधमा उत्रिएका हौं ।’