अनुगमनको नाममा पटक पटक परीक्षा केन्द्रमा नजान परीक्षा बोर्डको निर्देशन

न्युजलय १६ चैत २०८०, शुक्रबार ०८:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परिक्षा(एसईइ) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ ।

बिहीबारदेखि सुरु भएको यो वर्षको एसईइ परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक–पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरु नजान आग्रह गरेको हो ।

बिहीबार भएको अंग्रेजी विषयको परीक्षामा पटक पटक धेरै संख्यामा मानिसहरु अनुगमन र निरिक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई लेख्न असहज भएको गुनासो आएको उल्लेख गर्दै बोर्डले परीक्षालाई व्यवस्थित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न तथा गर्ने व्यवस्था मिलाउन भनेको छ ।

बिहीबार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।