नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

न्युजलय १२ कार्तिक २०८२, मङ्गलबार १०:०३ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो ।

आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ । 

व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ ।