विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभामा सहभागी सबै दललाई आग्रह गरेका छन् ।
विश्वासको मत माग्ने प्रयोजनका लागि आज बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।
उनले सर्वोच्चमा चलिरहेको मुद्दाको विषय उल्लेख गर्दै अदालतले दिने निर्णयलाई आफूले मानेर जाने पनि बताए ।